मधेश प्रदेशका सीमान्तकृत समुदायका किशोरी तथा महिलाहरूलाई लक्षित गर्दै डिजिटल तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित २० दिने आवासीय तालिम सञ्चालन गरिने भएको छ। ग्रामिण सामुदायिक दिगो विकास केन्द्र (RCSDC) ले Women Light the World तथा BINDI International को सहयोगमा आगामी मे २४ देखि जुन १२, २०२६ सम्म उक्त तालिम आयोजना गर्न लागेको हो।
मधेश प्रदेशका आठवटै जिल्लाका १८ देखि २४ वर्ष उमेर समूहका १५ जना किशोरीहरूलाई सहभागी गराइने तालिममा दलित, सीमान्तकृत, अल्पसंख्यक, न्यून आय भएका तथा पहिलो पटक स्मार्टफोन प्रयोग गर्ने परिवारलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। साथै वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यका परिवार, वित्तीय सेवामा सीमित पहुँच भएका महिला तथा डिजिटल ठगी र आर्थिक शोषणको जोखिममा रहेका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइनेछ।
https://kantipur4k.com/?p=1775





